बैंकिङ करिअर बनाउने हो ? बिएमटिआईले दिँदैछ प्रशिक्षण

November 13, 2018

बैंकिङ खबर । सुट पाइन्ट र टाईमा सजिएर आकर्षक भई बसेका बैंकका कर्मचारी देख्दा सबै आकर्षित हुन्छन् । त्यही आकर्षणले कतिलाई व्यवस्थापन संकायतर्फ तानेको छ । अहिले नेपालमा व्यवस्थापन संकायबाट स्नातक र स्नातकोत्तर उतीर्ण गरेका व्यक्तिहरु प्रशस्तै छन् । उनीहरुमा बैंकिङ जागीर गर्ने इच्छा छ, शैक्षिक योग्यता पनि छ । तर, बैंकिङ करिअर बनाउनका लागि आवश्यक ज्ञान छैन । यस्तै व्यक्तिहरुलाई बैंकिङ क्षेत्रमा प्रवेश गर्न तयार गर्ने उद्देश्यले नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बिएमटीआई)ले बैंकिङ ट्रेनिङ दिने गरेको छ ।

बिएमटीआईले बैंकिङ करिअर बनाउन इच्छुक तर पर्याप्त नलेज नभएका व्यक्तिहरुलाई लिखित परीक्षा र अन्तरवार्तामा सफल हुनका लागि आवश्यक विषयहरुका बारेमा जानकारी गराउँछ र नयाँ व्यक्तिलाई बैंकिङ क्षेत्रमा प्रवेश गर्न सहजीकरण गर्छ । नेपालका उत्कृष्ट बैंकिङ विज्ञहरुद्धारा दिइने प्रशिक्षण बिएमटीआईले न्युनतम शूल्कमा उपलब्ध गराउँछ । यस इन्स्टिच्युटमा ट्रेनिङ लिएर बैंकिङ करिअर बनाउन इच्छुक व्यक्तिले ९८६१३१५११७ मा सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *