November 12th, 2018

अब हरेक चाडपर्वमा नयाँ नोट सटही, दशैँ कुर्नु नपर्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले अब हरेक राष्ट्रिय चाड पर्व, तथा दिवसहरुमा नयाँ नोट सटही सुविधा दिने भएको छ । विभिन्न क्षेत्रमा बसोबास गर्ने जातजाति, भाषाभाषी, तथा उनिहरुले मनाउने चाडाबाडको लागि राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने भएको छ । 

राष्ट्र बैंकका अनुसार नयाँ वर्ष, उभौली, बुद्धजयन्ति, गाइजात्रा, गौरा पर्व, हरितालिका तिज, संविधान दिवसमा नयाँ नोट साट्न पाइने छ । यस्तै, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठm माघीपर्व, घोडेजात्रा, ईद सहितका सबै भाषभाषी तथा जातजातिको राष्ट्रिय पर्वमा नयाँ नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नयाँँ नोट साट्न पाइने राष्ट बैंकले जानकारी दिएको छ ।

यसअघि, दशैँको समयमा मात्रै नयाँ नोट सटही गर्न पाइने व्यवस्था थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]