November 12th, 2018

अब एक सातासम्म निक्षेपको व्याजदर घटबढ नहुने 

बैंकिङ खबर । यो साता बैंकहरुले व्याजदर घटबढ नगर्ने सहमति गरेका छन् । आइतबार बसेको बैकर्स एसोसिएशनको बैठकले एक सातासम्म निक्षेपको ब्याजदर घटबढ नगर्ने भद्र सहमति गरेका हुन् ।

यसअघि बसेको बैठकले बचतको ब्याजमा पाँचदेखि सात प्रतिशत नबढाउने सहमति गरेका थिए भने मुद्दती निक्षेपतर्फ संस्थागतमा नौ र व्यक्तिगतमा १० प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति गरेका थिए ।

बैंकहरूले हाल कर्जाको ब्याजदर न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म लिइरहेका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]