November 12th, 2018

मंसिर १० गतेदेखि बैंकिङ ट्रेनिङ हुँदै

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले काठमाडौँमा बैंकिङ ट्रेनिङ संचालन गर्ने भएको छ । मंसिर १० गतेदेखि सुरु हुने ट्रेनिङ पाँच दिनसम्म चल्नेछ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । यसकारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । यसै तथ्यलाई ध्यानमा राखेर बैंकिङ करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको मिडिया इन्टरनेशनलले जनाएको छ । वित्तीय क्षेत्रबारे इच्छुक जुनसुकै व्यक्तिले पनि सहभागीता जनाउन सक्ने तालिममा वित्तीय क्षेत्रबारे अत्यावश्यक विषयहरुका बारेमा सम्बन्धित विषयका विज्ञ व्यक्तिहरुबाट जानकारी गराइनेछ । 

ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]