November 7th, 2018

तिहारको दक्षिणा : नारी खाता बढाउने अवसर

बैंकिङ खबर । बैंकहरुले तिहारलाई लक्षित गरेर विभिन्न योजनाहरु ल्याएका छन् । यो चाडलाई बैंकहरुले नारी खाता बढाउने अवसरको रुपमा लिएका छन् । तिहारमा विशेषगरी महिलाहरुसँग बढी पैसा हुने गर्दछ । उनीहरुले नै यो समयमा बढी खर्च गर्ने गर्दछन् भने कमाई पनि उनीहरुकै हुने गर्दछ । यसै तथ्यलाई मध्यनजर गर्दै बैंकहरुले आकर्षक सुविधासहितमा बचत योजना ल्याउने गरेका छन् ।

शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानी माएनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोड माध्यमबाट कारोबार गर्दा ५५ वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ । त्यस्तै, बैंकले नेपाली नारीहरुको लागि सुन तथाचाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषताहरु भएको बचत खाता “चमत्कारीक बचत खाता” पनि संचालनमा ल्याएको छ । यसबाहेक, दक्षिणाको रकम एनआईसी एसिया बैंकको मोबाइल बैंकिङबाट उपलब्ध गराउनेलाई रू.१०० को बोनस उपलब्ध गराउने योजना पनि ल्याएको छ । यो योजना नेपालमै पहिलो पटक सार्वजनिक गरिएको बैंकको दाबी छ । 

अन्य बैंकहरुले पनि बचतमा राम्रो व्याज दिएर बचत गर्ने बानीलाई प्रोत्साहन गरिरहेका छन् । त्यसैले, तिहारमा गर्ने फजुल खर्च कटाएर बैंकमा बचत गर्ने बानी बसाल्नुपर्छ । बचत के का लागि गर्ने ? भन्ने प्रश्न गर्न सकिन्छ । जस्तै, भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सजिलै पार लगाउन, अवकास पछिको जीवनको लागि, आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, विबाह, सामाजिक रितीरिवाज मान्न, व्यवसाय संचालन गर्न स्वः पूंजीको लागि, भ्रमण, सामाजिक सुरक्षा, स्तरीय जीवन जीउन, बिलासीलताका सामान खरीद गर्न, बैदेशिक रोजगारीमा जान, घरजग्गा निर्माणरखरीदरमर्मत गर्न, उपहार दिन, सवारी साधन खरीद गर्न, कर्जाको सांवा ब्याज भुक्तानी गर्न, लगानी गर्न आदि प्रयोजनको लागि बचतको उपयोग भविष्यमा गर्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]