November 6th, 2018

सिन्धु बिकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । सिन्धु बिकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले शिखर इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]