fbpx

एनआईसी एशिया बैंकको चमत्कारीक योजना : बचत खाता खोल्दा सुनचाँदी उपहार

November 6, 2018

बैंकिङ खबर । आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहकहरुबाट प्राप्त भएको उल्लासमय लोकप्रियता तथा यस्तै थप योजनाको अपेक्षालाई मध्येनजर गर्दै एनआईसी एशिया बैंकले शुभदिपावलीको अवसरमा नेपाली नारीहरुको लागि सुन तथाचाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषताहरु भएको बचत खाता “चमत्कारीक बचत खाता”संचालनमा ल्याएको छ । 
यस बचत खाताका चमत्कारीक विशेषताहरुः
१.७ % वार्षिक ब्याजदर 
२. न्युनतम मौज्दात रु १०००
३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी
४.online बाट शुन्य मौज्दातमा खाता खोल्न सकिने
५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार छन् 

उपहारहरु :
१.१० ग्राम चाँदीको सिक्काः
यस बचत खाता खोलेपछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।  

२. २५ ग्राम चाँदीको सिक्का:
यस बचत खाता खोलेपछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

३. २.५ ग्राम सुनको सिक्का:
यस बचत खाता खोलेपछि ग्राहकहरुले आफ्नो खातामान्युनतमवार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुपपाउन सक्नुहुनेछ ।  

४. ५ ग्राम सुनको सिक्का:
यस बचत खाता खोलेपछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.