fbpx

कलाकार स्व. बोगटीको परिवारले पायो जीवन बीमाको रकम

November 4, 2018


बैंकिङ खबर । चलचित्र कलाकार संघका अध्यक्ष स्व.रामकेशर बोगटीका परिवारलाई एल.आई.सी. नेपालले जीवन बीमाको रकम हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमबीच एलआइसी नेपालले ४४ लाख रुपैया हस्तानान्तरण गरेको हो । 

५८ बर्षीय बोगटीको असोज २३ गते विहान टीकाथलीमा विजुलीको तार जलेर र पोलले लागेर मृत्यु भएको थियो । स्थानिय त्रिपुर संगम समाज र एलआईसी नेपालले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उक्त बीमा रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, एलआईसीका कम्पनी सचिव विनोद भुजेल र चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खडकाले स्व. बोगटीको परिवारलाई हस्तानान्तरण गरेका थिए । कार्यक्रममा चलचित्रकर्मीहरु तथा स्थानिय समाजसेवीहरुले स्व. बोगटीप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.