Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुले विदेशमा पनि शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरिँदै

२०७५ कार्तिक १६ गते

बैंकिङ खबर । बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने भएका छन् । बीमा समितिले जारी गर्न लागेको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने भएका हुन् ।

कम्पनीहरुले विदेशमा शाखा सञ्चालन गर्नको लागि बीमा समितिमा आवेदन दिनुपर्नेछ । सम्बन्धित मुलुकको ऐन अनुसार निर्धारित पूँजी कायम गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । त्यस्तै बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्नुपर्ने छ । शाखा कार्यालय खोलिने मुलुकबाट लाभांश मुनाफाको रुपमा विदेशी मुद्रामा नेपाल भित्राउन तथा कार्यालय बन्द गर्नुपर्ने अवस्था आएमा तोकिएको पूँजी परिवर्तिय विदेशी मुद्रामा अनिवार्य रुपमा स्वदेशमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाले बीमा कम्पनीहरुलाई गाउँपालिकामा जान प्रेरित गरेको छ । शाखा स्थापना गर्नु अघि समितिको स्वीकृति लिनुपर्ने प्रावधान भए पनि गाउँपालिकामा शाखा स्थापना गर्दा स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकाभित्र पनि चक्रपथ बाहिर शाखा सञ्चालन गर्नेलाई प्राथमिकता दिईने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार काठमाडौँ उपत्यका बाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौँ उपत्यकाभित्र एक शाखा खोल्न स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ ।