November 1st, 2018

‘बीमा तालीम इन्स्टिच्युट’ छिट्टै दर्ता प्रक्रियामा जाँदै 

बैंकिङ खबर । दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले सञ्चालनमा ल्याइएको तीन महिना बितिसक्दा पनि बीमा तालीम इन्स्टिच्युट दर्ता भएको छैन । पहिले नै दर्ता हुने भनिएता पनि चाडपर्वको कारण इन्स्टिच्युट दर्ता प्रक्रियामा केही ढिलाई भएको बीमा समितिका निर्देशक राजुरमन पौडेलले बताए । उनले भने ‘अब छिट्टै दर्ता हुनेछ ।’ 

जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त एक करोड रुपैया लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पुर्याउने विश्वास लिइएको छ । ७० वर्षको बीमा इतिहासमा यस इन्स्टिच्युटलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

बीमा तालीम इन्स्टिच्युट दर्ता प्रक्रिया ढिलाई भएता पनि निरन्तर रुपमा तालीमहरु संचालन भैरहेको छ । हालसम्म बीमा समिति लगायत छ वटा बीमा कम्पनीका संचालकहरुले तालीम लिईसकेका छन् । तालीम शुल्क यति नै भनेर तोकिएको छैन । कोर्षको प्याकेज अनुसार शुल्क फरक फरक रहने साथै तालीम अवधि पनि कोर्षको प्याकेज अनुसार नै तोकिने व्यवस्था मिलाइएको छ ।

उपत्यकाभित्र र बाहिरका  कर्मचारीहरुलाई तालीम दिन लागेको बीमा समितिले हाल बीमा कम्पनीका संचालकहरुलाई मात्र तालीम दिएको छ । आगामी दिनमा बीमा कम्पनिका कर्मचारीहरुलाई तालीम दिनुको साथै सर्वसाधारणहरुमा समेत तालिमको पहुँच पुर्याउने लक्ष्य समितिको छ । बीमा तालिमलाई नाफामुखी नबनाई सर्वसाधारणहरुलाई बढी मात्रामा सेवा प्रदान गर्ने गरी सेवामुखि बनाउने पौडेलले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]