Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्रेडिट रेटिङ्ग के हो ?

२०७५ कार्तिक १३ गते

बैंकिङ खबर । निष्काशनकर्ताको ऋण प्राप्ती कार्यक्रम मा निष्काशनको शर्तअनुसार निष्काशनकर्ताको ऋण भुक्तान गर्ने क्षमताका सम्बन्धमा निहित जोखिम बारेमा सरल र बुझन सकिने सांकेतिक सुचक को रुपमा क्रेडिट रेटिङ्ग संस्थाले दिएको राय नै क्रेडिट रेटिङ्ग हो । तर, क्रेडिट रेटिङ्ग निष्काशनकर्ता कम्पनिको सर्वमान्य हुने किसिमको मुल्याङकन भने हैन । ऋणपत्र खरिद गर्ने, राख्ने र विक्रि गर्ने राय हो । 

क्रेडिट रेटिङ्गले लगानीकर्ताहरुलाई जोखिम तथा प्रतिफल प्राथमिकताको आधारमा जानकारीयुक्त लगानी निर्णय लिनका लागि अत्यावश्यक जानकारी प्रदान गर्ने गर्दछ । उपलब्ध विभिन्न विकल्पहरु मध्येबाट उपयुक्त लगानी तथा विभिन्न अपसरहरुको छनोट गरी कार्य गर्नमा समेत यसले सहयोग गर्दै आएको छ । 

क्रेडिट रेटिङ्ग गर्दा व्यवसायको गहन रुपमा अध्ययनका साथै कम्पनिको सबल तथा कमजोर पक्षको मुल्याङकनको आधारमा गरेको हुन्छ । यसमा निहित बचाउ कारक, बजार रणनीति, प्रतिष्पर्धात्मक धार, प्रविधि विकास स्तर, संचालन क्षमता, व्यवस्थापकिय सक्षमता तथा प्रभाकारीता, जोखिम बचाउ व्यवस्था, नगद प्रवाह, बृद्धि प्रवृत्ति तथा सम्भावना, तरलता, वित्तीय लचकता । सरकारी नीति, बिगतको ऋण सोधन रेकर्ड, सम्भावित व्यवसायिक तथा आर्थिक परिस्थीथिमा हुने परिवर्तण जस्ता विविध कुराहरुको मुल्याङकन गरेर मात्र रेटिङ गरिन्छ । 

रेटिङ्ग वीकार गरिसकेपछि उपकरणको अवधिभर नै कम्पनि तथा रेटिङ्गको अनुगमन गर्दछ । यो प्रक्रियालाई सर्भिलेन्स भनिन्छ । यो अवधिभर कम्पनिलाई प्रभावित पार्ने सबै परिपर्तणको लेखाजोखा गरिन्छ र आवश्यक्ता अनुसार  रेटिङ्ग माथी वा तल परिवर्तण गरिन्छ । 

Ad