Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सानो चिया पसलबाट होटल व्यवसायसम्मको यात्रा : जुम्लाकी कल्पनाको सफलताको कथा 

२०७५ कार्तिक ११ गते

बैंकिङ खबर । जुम्ला चन्दनाथ नगरपालिका—१० निवासी कल्पना मल्ल होटल व्यवसायीको रुपमा परिचित भएकी छिन् । सानो चिया पसलबाट व्यापार सुरु गरेकी मल्लले वि.सं. २०७४ मंसिरदेखि जुम्ला सदरमुकाम खलंगामा पाँच लाख ५० हजार रुपैयाँ लगानीमा पार्वती होटलको स्थापना गरेकी छिन् । हाल उक्त होटलमा ३० जना ग्राहकलाई खान बस्न राम्रो व्यवस्था रहको छ । होटल व्यवसायबाट अझै मेहनत गरी भने जस्तै आम्दानी गर्न सके यस होटललाई  गुणस्तरिय सेवाका साथ क्षमता विस्तार गर्ने योजना रहको बताउँछिन् कल्पना मल्ल  । 

जुम्ला जिल्ला चन्दनाथ नगरपालिका—१० निवासी मिना मल्लको वि.सं. २०४२ कार्तिक १५ गतेका दिन जन्म भएको थियो । वि.सं. २०६० सालमा पढाइको सिलसिलामा नेपालगन्ज बस्ने क्रममा जुम्लाका चन्दननाथ नगरपालिका—१० का क्षेत्र वहादुर खत्रीसँग चिनजान भइ वि.सं. २०६१ सालमा विवाह भयो । घरबाट दुई जनाको पढाइ र बसाइलाई खर्च जुटाउन गाह्रो भएपछि कक्षा ११ मा पढदा पढ्दै बीचैमा पढाइ छाडेर जुम्ला आएको बताउँछिन् । २ जना छोराछोरी भए पश्चात ९ जनाको परिवारको दैनिकी संचालन गर्न गाह्रो भएको बताउँछिन् कल्पना मल्ल । 

निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालय जुम्लाले गठन गरेको स्वावलम्वी समूहमा वि.सं. २०७२ फाल्गुणमा आवद्ध भइ ऋण लिई व्यवसाय संचालन गर्ने अठोट गरिन् । वि.सं. २०७२ सालमा रु. ६० हजार कर्जा लिइ सानो चिया पसल सुरु गरिन् । २ वर्षसम्म सामान्य चिया, चप र मःम बेच्ने गरेकी मल्लले उक्त व्यवसायको आम्दानी र थप कर्जा लिइ हाल खान बस्ने सुविधा सहितको होटल खोलेकी छिन् । २ जना छोरीलाई नजीकको बोर्डिङ्गमा पढाएकी छिन् । 

ब्यवसायमा लागेपछि अबका दिनहरु सहज हुने अपेक्षा गरेकी छिन् । यस व्यवसायलाई अझै फराकिलो बनाउन आवश्यक पर्दा निर्धन उत्थान बंैक लिमिटेडबाट सहयोग पाउने अपेक्षा गरेकी छिन् । लेखकः श्री तिल प्रसाद भट्टराई, शाखा प्रमुख, निर्धन उत्थान बैंक लिमिटेड, जुम्ला

Ad