October 26th, 2018

बीमा समितिमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी आवश्यकता

बैंकिङ खबर । बीमा समितिले १६ जना कर्मचारी मागेको छ । आन्तरिक प्रतिस्पर्धाबाट एकजना निर्देशक, उप निर्देशक र सहायक निर्देशक मागिएको छ । समितिले प्रशासन (अधिकृत) तर्फका लागि उपनिर्देशक र सहायक निर्देशक माग गरेको हो ।

उप निर्देशक पदमा कानुततर्फको भने खुला प्रतिस्पर्धाबाट पद पूर्ति गरिने भएको छ । यसका लागि कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ भने कुनै सरकारी वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थाको अधिकृत स्तरको पलमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने समितिले जनाएको छ ।

यसबाहेक, समितिले दुईजना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । यसका लागि मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट पूरा गरी न कुनै सरकारी वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थाको अधिकृत स्तरको पलमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

अधिकृत तृतीय स्तरका लागि प्रशासन तर्फ ५ जना र कानुन तर्फ तीन जना सहायक निर्देशक पनि माग गरिएको छ । प्रशासन तर्फको लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ भने कानुन तर्फको लागि कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

त्यस्तै, प्रशासन तर्फ दुई जना सहायक प्रथम माग गरिएको छ । यसमा लागि स्नातक उत्तीर्ण गरेको हुनुपर्छ ।

आवेदनको लागि मंसिर ८ गतेसम्म र दोब्बर दस्तुर तिरेर मंसिर १५ गतेसम्म आवेदन दिनु पर्ने समितिले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]