fbpx

दीर्घकालीन लगानीको अवसर : एनआईसी एशिया बैंकको अर्को ऋणपत्र आउँदै

October 24, 2018

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । कुल चार अर्ब रुपैयाँ बराबरको “११% एनआई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको लागि बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । 

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तले हस्ताक्षर गरेका छन् । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

चार अर्व रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८०प्रतिशत (तीन अर्ब २० करोड रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (८० करोड रुपैयाँ) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

यसअघि बैंकले जारी गरेको एक अर्ब ८३ करोड रुपैयाँको “११% एनआई सी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.