October 23rd, 2018

दशैँको दक्षिणा : सेयरमा गर्नुहोस् लगानी

बैंकिङ खबर । दशैँको दक्षिणा कहाँ लगानी गर्ने भनेर सोचिरहनुभएको छ भने अब चिन्ता नगर्नुहोस् । विभिन्न कम्पनीहरुले धमाधम आईपिओ निष्काशन गर्दैछन् । सेयरमा लगानी गर्नका लागि यो उपयुक्त अवसर हुन सक्छ । 

हिमालयन उर्जा विकास कम्पनीको नौ लाख ९० हजार कित्ता सेयर मंगलबार (कात्तिक ६ गतेदेखि) आयोजना प्रभावितका लागि खुलेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण सेयर (आईपिओ) जारी गर्दैछ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले पनि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।  

यसबाहेक, नेपाल धितोपत्र बोर्डमा १९ वटा कम्पनीले ४ अर्ब एक करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि आवदेन दिएका छन् । आवेदन दिएका मध्ये १५ वटा हाइड्रोपावर कम्पनी छन् भने बाँकी ३ वटा माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंक छ । १४ वटा हाइड्रोपावर कम्पनी र एउटा हाइड्रोपावर कम्पनीमा लगानी गर्ने कम्पनी सहित १६ वटाले तीन अर्ब ८५ करोड रुपैयाँको शेयर निष्काशनको लागि आवेदन दिएका हुन् । तीन वटा हाइड्रोपावर कम्पनीले भने १२ करोड ६० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि आवेदन दिएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]