October 22nd, 2018

गणपति माइक्रोफाइनान्सको सधारणसभा कात्तिक ३० गते : मर्जरमा जाने संकेत

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले यहि कात्तिक ३० गते हुने दोस्रो साधारणसभ ागर्ने भएको छ । साधारणसभामा कम्पनीले मर्जरमा जान आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव लग्दैछ । संस्थाले एक वा एक भन्दा बढी उपयुक्त संस्थाहरु गाभ्ने तथा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ती हुने प्रयोजनका लागि उपयुक्त संस्थाहरु पहिचान गर्ने, समझदारी गर्ने लगायतका आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यसबाहेक, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख), (घ) र (ङ)को संशोधन गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायबाट स्वीकृत गराउने क्रममा कुनै थपघट गर्न, सच्याउन वा फेरबदल गर्नुपर्ने भएका सो कार्याका लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव साधारणसभाले पारित गर्ने भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]