October 22nd, 2018

कस्ता कारोबारलाई वासलात बाहिरको कारोबार भनिन्छ ?

बैंकिङ खबर । वासलात बाहिरको कारोबार तत्काल दायित्वमा नदेखिएको र भविष्यमा दायित्वभित्र पर्न सक्ने र नपर्न पनि सक्ने खालका कारोबार नै वासलात हो । यस सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २ मा ‘वासलात बाहिरको कारोबार भन्नाले बैंक तथा वित्तीय संस्थाले दायित्व ब्यहोर्नु पर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिवद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रीम कारोबार र त्यस्तै प्रकारका अन्य कारोबारहरु हुन् भनी उल्लेख गरिएको छ । यसबाट तत्काल बैंक तथा वित्तीय संस्थाको नगद प्रवाहमा खास असर नगरे पनि भविष्यमा नगद प्रवाहमा यसले असर पार्न सक्ने सम्भावना हुन्छ । 

वासलात बाहिरको कारोबारमा निम्न कारोबारहरु पर्दछन् । 
बैंक जमानत 
बैंक तथा वित्तीय संस्थाहरुको महत्वपुर्ण कार्यहरु मध्ये शाख सिर्जना पनि एक महत्वपुर्ण कार्य हो । शाखा सिर्जना कार्यमा बैंक जमानत जारी गर्ने कार्य अत्याधिक सम्पादन हुने कार्य हो । यो जमानत जारी गर्ने कार्य खासगरी कुनै व्यक्ति वा संस्थाले तिर्नु पर्ने ऋण वा पुरा गर्नुपर्ने दायित्व निजले पुरा नगरेमा वा भुक्तानी नगरेमा निजकोतर्फबाट म भुक्तानी गर्दछु भनी गरिएको प्रतिज्ञा हो । यस्तो जमानत खास लिखित रुपमा नै हुनुपर्ने भन्ने नेपालको करार ऐनमा कानुनी व्यवस्था गरिएको छ । जमानत सम्बन्धि कारोबारमा खासगरी तीन पक्षहरुको संलग्नता रहेको हुन्छ । जस्तै जमानत दिनेलाई जमानी जसको जमानी बसेको छ ,सो व्यक्तिलाई मुख्य आसामी र जसलाई जमानत दिएको छ सोलाई जमानत धनी भनिन्छ । यी तीन पक्षहरुको बीचमा भएको लिखित सम्झौता वा वचनबद्धतालाई नै जमानत भनिन्छ । बैंकले कुनै ग्राहकको तर्फबाट जमानस्ी बस्ने कार्य गर्दछ भने त्यसलाई बैंक जमानत भनिन्छ । 

बोलपत्र जमानत 
बोलपत्र आह्वान पश्चात सो काम आफुले लिनकोलागि बोलपत्रदाताले बोलपत्रमा भाग लिन्छन् । यसरी भाग लिनको लागि कुनै कामको अनुमति लागत भन्दा काममा सम्पादन गर्ने प्रतिबद्धता जाहेर गरेर वा कुनै जग्गा जमिन तथा सामानको लिलाम उपयुक्त मुल्य पेश गरिन्छ । जसको आधारमा भविष्यमा सो कार्य सम्पादनका लागि स्वीकार गरिन्छ । त्यस्तै गरी तुलनात्मक रुपमा बढी वा उपयुक्त मुल्य उपलब्ध गराउने ग्राहकलाई सो बस्तु वा सम्पति खरिद गर्न लगाइन्छ । अतः यस्ता कुनै कार्य सम्बन्धमा हुने प्रतिष्पर्धामा भाग लिनका लागि बोलपत्र जमानत पेश गर्नुपर्छ । यसरी खास बोलपत्र आह्वान डाँक बढाबढ र लिलामी कार्यमा भाग लिनका लागि जारी गरिने जमानतलाई बोलपत्र जमानत भनिन्छ । 

बोलपत्र तथा डाँक बढाबढका लागि जारी गरिने जमानतहरु सो बोलपत्र वा डाँक बढाबढ कार्यको निर्णय पश्चात स्वीकृत हुने बाहेकको स्वतः रद्द हुन्छ । जसको स्वीकार गरिएको छ । त्यसको हकमा अगाडी अन्य सम्झौता तथा अर्को जमानत पेश भएपछि मात्र रद्द हुन्छ । यदि स्वीकार गरिएको ग्राहकले बोलपत्र आहवानकर्ता वा डाँक आहवान गर्नेसँग सो कार्य सम्पादनका लागि अगाडी सम्झौता गर्न वा कार्य गर्न नआएको अवस्थामा आहवानकर्ताले बैंक तथा वित्तीय संस्थासँग जमानी बसे बराबरको रकम दावी गरी भुक्तानी माग गर्दछ । यस्तथो अवस्थामा बैंक तथा वित्तीय संस्थाले आफु जमानी बसेको रकम भुक्तानी दिनुपर्दछ । तर, म्याद नाघेको वा आफु जमानी बसेको बाहेको अवस्थामा कुनै पनि बैंक तथा वित्तीय संस्था उक्त रकम भुक्तानीको लागि बाध्य हुदैन । यस्तो खालको जमानत ६ महिना अवधिका लागि सम्म जारी हुन्छ । 

कार्य सम्पादन जमानत
बोलपत्र तथा डाँक बढाबढ पश्चत बोलपत्रदाताको प्रस्ताव स्वीकार भए पछि जुन कार्य सम्पादनका लागि जारी गरेको हो सो कार्य गर्न आह्वान गरिन्छ । यसरी बोलपत्रको निर्णय पश्चात कार्य सम्पादन अगाडी बढाउनका लागिवा थप सम्झौत ागर्नका लागि बोलाइन्छ ।त्यसपछि अर्को सम्झौता गर्नुपर्छ । यो सम्झौत ागर्नका लागि बोलपत्रदाताले सो कार्य सम्पादनका लागि अर्को जमानत पेश गर्ने लगाइन्छ ।कुनै खास कार्य सम्पादन गर्नका लागि भनी निश्चित समय तोकी जारी गरिएको जमानतलाई कार्य कार्य सम्पादन जमानत भनिन्छ । यस्तो जमानतमा कार्यै सम्पादनका लागि लाग्ने अवधिको आधार म्याद तोकिएको हुन्छ । यस्तो जमानतको समय अवधि सामान्यतय कार्य पुरा गर्ने र सो पछिको वारेण्टी अवधि समेत जोडेर गरिन्छ ।  यस्तो खालको जमानतको म्यात जति लामो भयो त्यति नै जोखिम बढि हुन्छ ।  यदि जमानत अवधि समाप्त भएपछि पनि कार्य सम्पादन हुन नसकेमा आपसि सहमतिमा  जमानत नविकरण गर्ने व्यवस्था पनि हुन्छ । 

कार्य सम्पादन जमानत कार्य पुरा भएपछि वा तोकिएको समय समाप्त भए पछि स्वत: रद्द हुन्छ ।  यस्तो खालको जमानतको लागि बैंक तथा वित्तीय संस्थाले जोखिमको बिश्लेशण गरी कमिशन तोक्दछन् । कार्य सम्पादन जमानत खासगरी कुनै निमार्ण कार्य वा अन्य कुनै कारोबार पुरा गर्ने प्रतिबद्धता जाहेर गरी कामदातालाई विश्वास दिलाउन जारी गरिन्छ । यस्तो खालको जमानतको रकम ऋणीले कार्य सम्पादन नगरेको खण्डमा बैंक तथा वित्तीय संस्थासँग कामदाताले भुक्तानी माग पेश गर्दछ । यस अवस्थामा आफु जमानत बसेको आधारमा भुक्तानी दिनु बैंक तथा वित्तीय संस्थाहरुको कर्तव्य हुन्छ । 

अग्रीम भुक्तानी वा पेश्की जमानत
कामदाताले ठेकेदार वा कामको जिम्मा लिने व्यक्तिलाई, सो कार्य सम्पादन गर्नकालागि नगदको खाचो परेमा लागत अनुमान रकमबाट केही प्रतिशत पेश्की दिने प्रचलन छ । यसरी पेश्की दिनाले कार्य सम्पादनको सिलसिलामा आवश्यक पर्ने नगद व्यवस्था नगर्नका लागिठेगेदारलाई झन्झट नहुने र उ निश्चित भएर कार्य सम्पादनमा लाग्न सक्छ । ठेगेदारलाई नै सजिलो होस भनी पेश्की उपलब्ध गराउनका लागि कामदाता नै बैंक तथा वित्तयि संस्थाको जमानत माग गर्दछ । त्यसैले ठेगेदारलाई भविष्यमा कार्य सम्पादन पछि पाउने रकम कार्य सम्पादन अगाडी नै उपलब्ध गराउन वा अग्रीम पेश्की उपलब्ध गराउनका लागि जारी गरिएको जमानतलाई अग्रीम वा पेश्की जमानत भनिन्छ । यो खासगरी जमानतको तेस्रो चरणको जमानत हो । यस्तो खाले जमानतको आधारमा ठेगेदारले कार्य सम्पादन पहिले नै रकम प्राप्त गर्ने हुदाँ यो जमानत तुलनात्मक रुपमा बढि जोखिमयुक्त हुन्छ । त्यसैले यो जमानतमा कमिशन र धितो सुरक्षण बलियो रुपमा लिने गरिन्छ । 

अग्रीम भुक्तानी जमानत कार्य सम्पादन जमानतको आधारमा बिश्लेशन गरेर मात्र गरिन्छ ।  यस्तो खालको जमानतमा पनि अन्य जमानतमा जस्तैः रकम, मान्य अवधि, मिति आदि स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ । यसके साथै आवश्यकता अनुसार अन्य सर्तहरु पनि राखिन्छ । यस जमानतको आधारमा पेश्की उपलब्ध गराए पछि कामदाताले भविष्यमा सम्पादन हुने कामको आधारमा चालु बिलबाट क्रमशः असुली गर्ने प्रचलन छ । 

वित्तीय जमानत
कुनै बैंक तथा वित्तीय संस्थाबाट कर्जा तथा अन्य व्यापारिक सुविधा उपलब्ध बैंक तथा वित्तीय संस्थाले जारी गरेको जमानत नै वित्तीय जमानत हो । यस्तो खालको जमानत निश्चित रकमसम्मको कर्जा लिन, प्रतितपत्र खोल्न वाअन्य कुनै प्रकारको व्यपारिक तथा बैंकिङ सुविधाका लागि लिन सकिन्छ । यसको आधारमा बैंक तथा वित्तीय संस्थाबाट ऋणीले कर्जा लिन प्रतितपत्र खोल्न र अन्य बैंकिङ सुविधा लिन सक्दछ । बैंक तथा वित्तीय संस्थामा नगदको अभाव भएको वा आफ्नो कारोबार पुर्ण रुपमा नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थाले यस्तो खालको जमानत जारी गर्दछन् । यस्तो खालको जमानत खासगरी आफ्नो नियमित ग्राहकहरुको तर्फबाट अन्य बैंक तथा वित्तीय संस्थाहरुको पक्षमा जारी गरिन्छ । यस्तो प्रकारको जमानत कर्जा सरह नै जोखिम हुने हुदा यस्तो खालको जमानतमा तुलनात्मक रुपमा बढि कमिशन र थप धितो सुरक्षण लिने प्रचलन छ । यो जमानतमा पनि बेंक तथा वित्तीय संस्थाले अनुकुल तथा आवश्यक्ता अनुरुप केही थप शर्त राख्ने गरेका छन् । 

धरौटी जमानत 
यस जमानतमा ऋणीकातर्फबाट कुनै कार्य गर्न वा स्वीकृत गर्न यस्तो खालको जमानत जारी गरिन्छ । कुनै सरकारी निकायबाट पत्र पत्रिका दर्ता गर्न, सञ्चार माध्यमहरुको स्वीकृति दिन, कुनै कारोबार वा इजाजतपत्र लिन वा अन्य यस्तै प्रकारका कार्य सम्पादन गर्ने हेतुले यस्तो खालको जमानत जारी गर्ने प्रचलन रहेको छ । व्यापार व्यवसायको लिडरसिप लिन वा उधारोमा सामान लिन वा उधारोमा सामान लिन वा प्रत्यक्ष नगद कारोबारमा संलग्न हुने काम गर्नका लागि कहिलेकाहीँ धरौटी राख्नुपर्ने अवस्था आउन सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]