October 21st, 2018

आफैँ छुट्याउन सकिन्छ सक्कली र नक्कली नोट : हेर्नुहोस् सरल तरिका

बैंकिङ खबर । नेपालमा नक्कली नोटको कारोबार झन्झन् मौलाउँदै गएको छ । नक्कली नोट कारोबारमा सक्रिय गिरोहहरुले सोझासाझा सर्वसाधारणलाई झुक्याएर नककली नोट कारोबार गर्ने गरेका छन् । त्यसैले,  हामी सबै आआफ्नो स्थानबाट चनाखो हुनुपर्छ । हामी आफैँ पनि सक्कली अथवा नक्कली नोट छ्ट्याउन सक्ने बन्नुपर्छ ।

कुनै नोट जाली हो वा होइन भनि पहिचान गर्ने प्रमुख आधार नोटमा रहेको सेक्युरिटी फिचर्स नै हो । सक्कली नोटहरुमा हुने यस्तो फिचर्स जाली नोटहरुमा पाइँदैनन् । केहीमा भएपनि ज्यादै कमशल खालको हुने हुँदा छुट्याउन सकिन्छ । केन्द्रिय बैंकले नै आफूले जारी गर्ने नोटहरुमा सकभर जाली बनाउन नसक्ने र बनाएमा पनि सहजै छुटाउन सकिने खालका यस्ता फिचर्सहरु राखेको हुन्छ । जाली नोट परिक्षण गर्न सुरक्षात्मक उपायहरुका माध्यमबाट केन्द्रिय बैंकको नीति र निर्देशनको अधिनमा रही विभिन्न तालिम, गोष्ठी तथा कार्यपत्र प्रस्तुति मार्फत बैंक तथा बित्तिय संस्था र नोटकोष रहेका बैंकहरुलाई दिने निर्देशन बमोजिम ब्यबहारिक ज्ञानका माध्यमबाट परिक्षण गरी सक्कली वा नक्कली नोट छुट्टाउन सकिने हुन्छ । यसबाहेक बैंक तथा बित्तिय संस्था तथा मुद्राको कारोबार हुने स्थानहरुमा म्यानिफाइङ ग्लास, स्टेप वाचर, अल्ट्रा भ्वायोलेट लाइट, फ्लोरिसिन इंकजस्ता उपकरणको माध्यमबाट परिक्षण गरी सक्कली वा जाली नोट छुट्टाइन्छ ।

यसबाहेक आफैँ पनि कुनै पनि नोट जारी हो वा होइन भन्ने जान्न सकिन्छ । यसरी आफैँले जाली नोट थाहा पाउन सके ठगीबाट बच्न सकिन्छ । हेर्नुस्, जाली नोट चिन्ने ७ सहज तरिका स् 

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ । 
सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]