October 21st, 2018

काठमाडौंमा नक्कली नोटको विगविगी, हजारको नोट बोक्दा ध्यान दिनुहोला

बैंकिङ खबर । काठमाडौँमा यतिबेला नक्कली नोटको विगविगी छ । नेपाल प्रहरीले आइतबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नोटका केही कारोबारीहरु पक्राउ गरेपनि बजारमा कति नक्कली नोट गयो भन्ने यकिन नभईसकेका कारण सर्वसाधारणले संयमता अपनाउनुपर्ने भएको छ ।

अहिले चाडबाडको समय भएका कारण नयाँ नोटहरुको आवश्यकता बढिरहेको छ । कारोबारहरु पनि धेरै भएका छन् । ठूलो खर्च हुने यो समयमा एक हजारका नोटहरुको चल्ती बढी हुने गर्दछ । यसै समयमा मौका छोपेर नक्कली नोट कारोबारीहरु सकृय भएका छन् । तपाईँ हाम्रो हातसम्म आईपुगेको हजारको नोट पनि नक्कली हुन सक्छ । त्यसैले, कारोबारको समयमा ध्यान पुर्याउने आवश्यक छ । नत्र फस्न सकिन्छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]