October 15th, 2018

ज्योतिले हाम्रो विकास बैंकलाई किन्ने प्रस्ताव पारित, सेयरधनीले ८.४० प्रतिशत लाभांश पाउने

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले ११औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट सभा समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । चुक्तापूँजीकोे ८.४० प्रतिशतका दरले हुुने २१ करोड ८० लाख ६२ हजार सात सय ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको छ । 

११औँ वार्षिक साधारणसभाबाट ज्योति विकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रीय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंकलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । प्राप्तिपश्चात यस विकास बैंकको चुक्तापूँजी तीन अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

बैंक संचालनमा आएको १०औँ वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबिबिएस सेवाका साथै आईपिएस सेवा समेत उपलब्ध गराएको छ । 

हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । गत आ.व.मा बैंकले करिब एक लाख ५० हजार खाताबाट १९अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजारभन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]