October 15th, 2018

ज्योति लाईफ इन्स्योरेन्सको एजेन्सी अवार्ड्स नाईट सम्पन्न

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीकोे व्यवसाय बृद्धिमा सहयोग पुर्याउने अभिकर्ताहरुको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्ड्स नाईट २०७५ भव्यताका साथ सम्पन्न गरेको छ । बुढानिल्कण्ठको पार्क भिलेज रिसोर्टमा सम्पन्न   उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनीका उच्च पदाधिकारीहरु एवम् अन्य कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने अभिकर्ताहरुको उपस्थिति थियो । 

कार्यक्रममा राजेश हमालद्वारा सम्मानपत्र तथा विभिन्न विधाका एवार्डहरु हस्तान्तरण गरिएको थियो । यस प्रकारका कर्यक्रमले अभिकर्ताहरुलाई प्रोत्साहन गर्नुका साथै कर्मचारीहरुसँगको सहकार्यमा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]