October 15th, 2018

पाँच जिल्ले बन्दै ‘भार्गव विकास बैंक’

बैंकिङ खबर । बाँके बर्दिया र दाङ गरी तीन जिल्ला कार्य क्षेत्र रहेको भार्गव विकास बैंक अब पाँच जिल्ले बन्ने भएको छ । बैंकका अध्यक्ष डम्बर बहादर थापाले कैलाली र कञ्चनपूर जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गर्न लागेको बताए । नेपाल राष्ट्र बैंकले तोके वमोजिमको चुक्ता पुँजी पुर्याई सकेको बैंकले थप २ जिल्ला जान सक्ने नेपाल राष्ट्र बैंकको प्रावधान बमोजिम दुई जिल्लालामा आफ्नो कार्यक्षेत्र विस्तार गर्न लागेको हो । 

यो आर्थिक बर्ष भित्रमा कार्यक्षेत्रमा थप गरिएका जिल्लाहरुमा समेत गरेर चालू आर्थिक वर्ष भित्रमा नै आठ नयाँ शाखा विस्तार गर्ने योजना बनाएको छ । प्रधान कार्यालयसहति हाल १७ वटा शाखा कार्यालयबाट सेवा दिइरहेको बैंकको शाखा संख्या २५ पुर्याउन लागेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न किसिममा थप सेवा तथा सुविहरु प्रदान गर्दै आईरहेको छ । ३६५ दिने बैंकिङ्ग सेवा, सम्पूर्ण रेमिट्यान्स सेवा, चेक क्लियरिङ्ग र अन्तरबैंक रकम ट्रान्सफर सेवा, निःशूल्क अनलाईन एबिबिएस बैकिङ्ग सेवा, सन्ध्याकालिन काउण्टर सेवा, सि–आस्वा सेवा लगायत अन्य विभिन्न सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]