बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनश सेयर र ३.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
२ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पूँजी रहेको विकास बैंकको १० प्रतिशत बोनश सेयर वितरणपश्चात चुक्ता पुंजी दुई अर्ब ७८ करोड ८३ लाख ६८ हजार पुगेको छ ।
साधारण सभाको लागि २०७५आश्विन १२ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७५आश्विन ११ गतेसम्म कायम विकास बैंकका सेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनश सेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।