नागरिक लगानी कोषका अध्यक्षले गरे पदबहाली

October 12, 2018

बैंकिङ खबर । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । डा भट्टराईले कोष संचालक डा.रामशरण खरेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषद्को बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । 

‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा विद्याबारिधी गरेका भट्टराईले हाल पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत् अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् । खोटाङको लामिडाडाँमा जन्मिएका डा. भट्टराईसंँग राष्ट्रिय बाणिज्य बैंकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेको अनुभव छ । साथै भट्टराईसंँग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *