fbpx

घट्यो बैंकको व्याजदर, धमाधम नयाँ सूचना निकाल्दै बैंकहरु

October 12, 2018

बैंकिङ खबर । व्याजदर घटाउने सहमति भएसँगै वाणिज्य बैंकहरुले धमाधम नयाँ व्याजदर तय गरी सूचना निकालेका छन् । विहीबार बैंक संघको बैठकबाट भएको सहमतिअनुसार, शुक्रबार झन्डै दुई दर्जन वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । नयाँ व्याजदर शुक्रबारदेखि नै लागू भएको छ । 

बैंकर्स संघको बैठकमा साधारण बचतमा पाँच प्रतिशतभन्दा कम ब्याज नदिने तथा मुद्धती बचतमा दश प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो । त्यस्तै व्यक्तिगत मुद्धती खातामा नौ प्रतिशत र संस्थागत मुद्धती खातामा भने १० प्रतिशतसम्म व्याज दिने सहमति गरेका छन् । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन् भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.