October 11th, 2018

नेपालगञ्जको त्रिभुवनचोक र सम्झनाचोकमा एनआईसी एशिया बैंक

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले नेपालगञ्जको त्रिभुवनचोक र सम्झनाचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नं ८, नेपालगञ्जको त्रिभुवनचोकमा रहेको नयाँ शाखाको समुदघाटन (बिहीबार) असोज २४ गते त्रिभुवनचोक एनआइसी एशिया बैक शाखाका संचालक राजेन्द्र प्रसाद अर्यालले गरे । 

बिहीबार नै नेपालगञ्जको बैजनाथ गाउँपालिका वडा नं ६, सम्झनाचोकमा रहेको नयाँ शाखाको समुदघाटन नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले भव्य समारोहका बिच समुद्घाटन गरे ।

एनआइसी एशिया बैंकले हाल  २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६४ अर्ब  पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । त्यस्तै कुल कर्जा  रू. १३८ अर्ब सहित नीजि क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठुलो बैंकको रुपमा एनआइसी एशिया बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]