October 9th, 2018

छानीछानी खानुहोस् जागीर, तीन वाणिज्य बैंकमा अवसर

बैंकिङ खबर । तीन वटा वाणिज्य बैंकले रोजगारी खुलाएका छन् । एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक र मेगा बैंकले ठूलो संख्यामा कर्मचारी मागिरहेका छन् । 

एनआईसी एशिया बैंकले विराटनगरस्थित हातखोला र रानी मिल्स एरिया शाखाका लागि १।१ जना शाखा प्रबन्धक मागेको छ । स्नातकोत्तर उतीर्ण तथा सीए उतीर्ण गरी पाँच वषृको कार्यअनुभव भएका २१ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले १६ अक्टोबरभित्रमा आवेदन दिनुपर्नेछ । स्नातक उतीर्णले पनि आवेदन दिन पाउनेछन् । 

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.nicasiabank.com/careers/detail/15218

त्यस्तै, सिद्धार्थ बैंकले अफिसर र जुनियर अफिसर लेभलका कर्मचारी मागेको हो । दुवै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । आवेदन दिने म्याद १७ अक्टोबरसम्म रहेको छ ।

आवेदन अनलाइनबाट दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  

http://202.166.220.238:88/vacancy.aspx

मेगा बैंकले मेनेजर लेभलका तीन जना, अफिसर लेभलका ३८ जना र एसिस्टेन्ट लेभलका ७३ जना कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ३१ अक्टोबरभित्रमा अनलाइन आवेदन दिन सक्नेछन् ।   

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/15/mega-career-opportunities-7th-october-2018


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]