Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन वित्तीय संस्थाद्धारा लाभांश प्रस्ताव, कुनको सेयरधनीले कति पाउने ?

२०७५ आश्विन २२ गते

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र पूर्णिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् । 

विलय लघुवित्तको आइतबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको दश प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी १९ करोड ४८ लाख पुग्नेछ ।

गत बैशाखमा एक लाख ८० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गरेको नेपाल सेवा लघुवित्तको असोज १९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले पाँच प्रतिशत अर्थात ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । सेयरधनीले उक्त लाभांशको कर प्रयोजनाका लागि ०.२६३१ प्रतिशतले हुन आउने एक लाख ५७ हजार आठ सय ९५ रुपैयाँ समेत पाउनेछन् । 

त्यस्तै, पूर्णिमा विकास बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेबमोजिम सेयरधनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (करसहित) पाउनेछन् ।

तीन वटै संस्थाको संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सम्बन्धित संस्थाको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

Ad