October 8th, 2018

स्वरोजगार लघुवित्तको बोनस सेयर पारित, स्वदेशीले किन गर्यो रद्ध ?

बैंकिङ खबर । स्वरोजगार लघुवित्तको दशौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनश सेयर पारित गरेको छ । लघुवित्तको साधारण सभाले चुक्ता १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँको २० प्रतिशत बराबर दुई करोड ४४ लाख ९९ हजार ५५२ रुपैयाँ बराबरको बोनश सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत बराबरको १२ लाख ८९ हजार ४५० रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको हो । लघुवित्तले यसअघि चुक्ता पूँजी बराबर नै हकप्रद सेयर जारी गरिसकेको छ । हकप्रद र बोनस पश्चात लघुवित्तको २६ करोड ९४ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यता, स्वदेशीले भने गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश रद्ध भएको जनाएको छ । लघुवित्तले विविध प्राविधिक कारणले गर्दा लाभांश वितरण रद्ध गर्नुपरेको जनाएको छ । कम्पनीको भदौ २६ गते मंगलबार सम्पन्न संचालक समितिको बैठकले शतप्रतिशत हकप्रदले समेत पाउने गरी नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनी सञ्चालक समितिको असोज १८ गते बसको सञ्चालक समितिको बैठकले प्रस्तावित नगद लाभांश र कर प्रयोजन रकम खारेज गरि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने र पूर्व बैठकले प्रस्ताव गरेको रकम सञ्चित नाफामा नै राख्ने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]