October 4th, 2018

एकैसाथ प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखा तथा उपशाखा विस्तार

बैंकिङ खबर । प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले असोज १८गते विहिवारदेखि पाँच नयाँ शाखा तथा उप–शाखाहरु संचालनमा ल्याएको  छ । कम्पनीले महेन्द्रनगर शाखाकार्यालय, बेलौरी उप–शाखाकार्यालय, लम्कीउप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको  हो । 

कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमका बीच महेन्द्रनगर शाखा कार्यालय, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्कीउप–शाखा कार्यालय, ७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी उप–शाखा कार्यालय, फिदिम जिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटाले फिदिम उप–शाखा कार्यालय र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा ईलाम जिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम उप–शाखा कार्यालयको उद्घाटन गरे ।

दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]