Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र बोर्डको वेभसाइट अपग्रेड, यस्तो बन्यो नयाँ वेभसाइट

२०७५ आश्विन १७ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले आफ्नो वेभसाइट अपग्रेड गरेको छ । बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर बुधबार अपग्रेड गरिएको वेभसाइट सार्वजनिक गरेको हो । बुधबार एक कार्यक्रमबिच धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उक्त वेवसाइट (http://www.sebon.gov.np/nw/) सार्वजनिक गरे ।

सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन लगानीकर्ता सप्ताह मनाईरहेको बोर्डले लगानीकर्ता मैत्री वेवसाइट संचालनमा ल्याएको दाबी गरेको छ । आम सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न वेबसाइटलाई लगानीकर्तामैत्री बनाइएको बोर्डको दाबी छ ।


 

Ad