October 2nd, 2018

के हो इक्रा नेपाल ? के के काम गर्छ ?

बैंकिङ खबर । इक्रा नेपाल लिमिटेड नेपालको पहिलो संस्था हो । इक्रा नेपाल लिमिटेड (A moody's investors service company) को ५१ प्रतिशत स्वामित्व रहेको छ यो कम्पनि २०६९ साल आश्विन १७ गते देखि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी रेटिङग सेवा प्रदान गर्दै आएको छ । 

इक्रा नेपालले हालसम्म २२० रेटिङ्ग/ग्रडिङ्ग प्रदान गरीसकेको छ ।  यस कम्पनिले ऋण औजार रेटिङ्ग ( प्राथामिक निष्काशन, थप सार्वजानीक निष्काशन, हकप्रद निष्काशन) कोष व्यवस्थापन रेटिङ्ग तथा निष्काशनकर्ता रेटिङ्ग प्रदान गर्दै आएको छ । 

इक्रा नेपालले अन्तराष्ट्रिय स्तरको रेटिङ्ग प्रक्रिया तथा तरिका (Process and methodology) अनुसरण गर्दै आएको छ । इक्रा नेपालले इक्रा लिमिटेड भारत (A moody's investors service company) बाट प्राविधिक सहयोग र सेवा सम्झौता गरी रेटिङ्ग प्रक्रिया विश्लेशण सफ्टवेयर अनुसन्धा तालिम तथा प्राविधिक र विश्लेषण सीप बृद्धि सम्बन्धमा सहयोग प्राप्त गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]