Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी कर्मचारीलाई दशैँ भत्ता मात्रै साढे छ अर्ब रुपैयाँ

२०७५ आश्विन १५ गते

बैंकिङ खबर । सरकारी कर्मचारीको दशैँ भत्तामा मात्रै साढे छ अर्ब रुपैयाँ निकासा हुने भएको छ । सरकारले  दशैँ भत्ताका लागि नियमित तलब बराबरको एक महिनाको थप तलब कर्मचारीलाई दिने गर्दछ । यो रकम घटस्थापना अगाडी वितरण गर्ने तयारी महालेखा नियन्त्रकको कार्यालयको छ । 

सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत छ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको अर्थ मन्त्रालयलृ जनाएको छ । दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ । 

विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारले दशैँ पेश्की पाउनेछन् । तीमध्ये ८६ हजार निजामती कर्मचारी, करिब ९० हजार सैनिक, ३५ हजार सशस्त्र प्रहरी र करिब ६५ हजार नेपाल प्रहरी रहेका छन् । ययसबाहेक, डेढ लाख शिक्षक र झन्डै एक लाख पेन्सनधारीले पनि दशैँभत्ता पाउनेछन् । त्यस्तै, निजामती सेवाको करारमा  रहेका करिब २२ हजार कर्मचारी र स्थानीय तहतर्फका झण्डै आठ हजार कर्मचारीका लागि पनि दशैँ भत्ता छुट्याइएको छ । 

Ad