Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वित्तीय समावेशीकरणतर्फ बैंक तथा वित्तीय संस्था

२०७५ आश्विन १४ गते

बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’का माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था, शाखारहित बैंक तथा वित्तीय संस्थाका कारोबारको अनुगमन पनि सहज रूपमा गर्नसक्ने भएको छ । 

नेपाल वित्तीय समावेशीकरण ‘पोर्टल’ को शुरुवातसँगै वित्तीय सेवा प्रदायक, वित्तीय क्षेत्रका साझेदार एवं सरोकारवाला र त्यसमा सर्वसाधारणको पहुँचबारे जोसुकैले जानकारी लिन सहज भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उक्त पोर्टलको आज राजधानीमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्दै देशभरका ७५३ वटै स्थानीय निकायमा बैंक तथा वित्तीय सेवा पु¥याउन केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताए । रासस

Ad