September 28th, 2018

निर्यातको तुलनामा आयातको वृद्धिदर अत्याधिक, यस्तो छ नेपालको आर्थिक तथा वित्तीय स्थिती

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनाको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो । 

मुद्रास्फीति 
उपभोक्ता मुद्रास्फीति 

१. २०७५ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा वृद्धि भएको कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो । 

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति 
२. समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति १.० प्रतिशतले ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा मूलतः तरकारी, सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा खाद्यजन्य पदार्थ लगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य तथा सेवा मुद्रास्फीति 
३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.९ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण, विविध वस्तु तथा सेवा लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्य अघिल्लो वर्षको तुलनामा वृद्धि भएकोले समीक्षा अवधिमा समग्र गैर–खाद्य तथा सेवा मुद्रास्फीतिमा वृद्धि भएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
४. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.३ प्रतिशत, तराईमा ४.१ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५ प्रतिशत र हिमालमा २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा २.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, काठमाडौं उपत्यकामा १.३ प्रतिशत र हिमालमा ५.६ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
५. २०७५ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको ३.७ प्रतिशत रहेको छ । फलस्वरुप, यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति २.३ प्रतिशत र भारतको ३.४ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
६. २०७५ साउन मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.२ प्रतिशत रहेको थियो । दोस्रो थोक मूल्य सर्वेक्षण बमोजिम आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी २४ वटा बजार केन्द्रहरुबाट छनौट गरिएका २६२ वस्तुहरु समावेश गरिएको परिवर्तित वस्तु डालो तथा भारका आधारमा थोक मूल्य सूचकाङ्क प्रकाशन गर्न प्रारम्भ गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, धातुका आधारभूत वस्तुहरु, कपडा, फर्निचर, आदि वस्तुहरुमा भएको मूल्यवृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 
७. वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा मध्यस्थ वस्तुहरु, उपभोग्य वस्तुहरु र पूँजीगत वस्तुहरुको थोक मुद्रास्फीति क्रमशः ८.३ प्रतिशत, ४.६ प्रतिशत र २.२ प्रतिशत रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा निर्माण सामाग्रीहरुको थोक मुद्रास्फीति १४.६ प्रतिशत रहेको छ । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
८. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ७.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ७.६ प्रतिशतले वृद्धि भएको छ ।

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

९. आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई रु.६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ९.६ प्रतिशतले बढेतापनि चीनतर्फको ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुस, दाल, जडिबुटी, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१०. समीक्षा अवधिमा कुल वस्तु आयात ५४.३ प्रतिशतले बढेर रु.१२० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४३ प्रतिशत, चीनबाट भएको आयात ३९.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ९४.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा हवाईजहाज तथा पार्टपूजा, अन्य मेशिनरी तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, रसायनिक मल, यातायातका साधन तथा पार्टपूजा, स्वास्थ सम्बन्धी उपकरण, लगायतका वस्तुहरुको आयात घटेको छ । 
११. भन्सार नाकाका आधारमा भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र मेची भन्सार कार्यालयबाट गरिएको निर्यातमा वृद्धि भएतापनि अन्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा भने ह्रास आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१२. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ५९.१ प्रतिशतले विस्तार भई रु.११३ अर्ब ६९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ५.७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.६ प्रतिशत रहेको थियो । 

सेवा 
१३. समीक्षा अवधिमा कुल सेवा आयमा २९.६ प्रतिशत र कुल सेवा खर्च ३१ प्रतिशतले बढेको कारण खुद सेवा आय रु.३ अर्ब २३ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२ अर्ब ३४ करोडले घाटामा रहेको थियो । 
१४. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २.८ प्रतिशतले मात्र वृद्धि भई रु.४ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १७.८ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१५. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो । 
१६. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३५.३ प्रतिशतले वृद्धि भई रु.८४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.७ प्रतिशतले बढेको थियो । 
१७. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
१८. आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु.२५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो घाटा रु.५ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर ५ करोड ८३ लाख रहेको चालु खाता घाटा समीक्षा महिनामा अमेरिकी डलर २३ करोड ४ लाख पुगेको छ । 
१९. अघिल्लो वर्षको पहिलो महिनामा रु.३ अर्ब २९ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु.२४ अर्ब ७७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो महिनामा अमेरिकी डलर ३ करोड २० लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलर २२ करोड ५० लाख ले घाटामा रहेको छ । 
२०. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.१ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.२९ करोड ५७ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.६७ करोड ४७ लाख र प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ६१ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२१. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट ०.९ प्रतिशतले कमी आई २०७५ साउन मसान्तमा रु.१०९२ अर्ब ८७ करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको रु.१० अर्ब ८ करोडबाट २.८ प्रतिशतले कमी आई २०७५ साउन मसान्तमा रु.९ अर्ब ८० करोड रहेको छ । 
२२. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ साउन मसान्तमा २.४ प्रतिशतले कमी आई रु.९६५ अर्ब ३० करोड रहेको छ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ साउन मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई रु.१२७ अर्ब ५७ करोड पुगेको छ । २०७५ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.३ प्रतिशत, ६६.७ प्रतिशत र ३५.६ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य 
२४. २०७४ साउन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५०.३९ रहेकोमा २०७५ साउन मसान्तमा ३७.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६९.२१ पुगेको छ । अर्कोतर्फ, सुनको मूल्य २०७४ साउन मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२७२.७५ रहेकोमा २०७५ साउन मसान्तमा ७.३ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर ११८०.४० कायम भएको छ । 

विनिमय दर 
२५. २०७५ असार मसान्तको तुलनामा २०७५ साउन मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१११.५४ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२६. आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु.५७ अर्ब ५४ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.२८ अर्ब ५२ करोड रहेको थियो ।

सरकारी खर्च 
२७. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.१० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१८ अर्ब ५७ करोड रहेकोथियो । 
२८. समीक्षा अवधिमा चालू खर्च रु.१० अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१८ अर्ब ४६ करोड रहेको थियो । समीक्षा अवधिमा रु.५७ करोड पूँजीगत खर्च भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु.१२ करोड भएको थियो । 

सरकारी राजस्व 
२९. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ४३.२ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११.५ प्रतिशतले वृद्धि भई रु.४५ अर्ब ७९ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात 
३०. २०७५ साउन मसान्तमा सरकारी ढुकुटीमा रु.१७८ अर्ब १२ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३१. आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १७.४ प्रतिशतले बढेको छ । 
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.२४ अर्ब ७७ करोड (२.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.३ अर्ब २९ करोड (०.३ प्रतिशत) ले घटेको थियो ।
३३.  समीक्षा अवधिमा सञ्चित मुद्रा १६.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १०.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ साउन मसान्तमा सञ्चित मुद्रा १.४ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ साउन मसान्तमा यस्तो कर्जा २८.५ प्रतिशतले बढेको छ । 
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७५ साउन मसान्तमा २२.६ प्रतिशतले बढेको छ ।

निक्षेप संकलन 
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.३ प्रतिशतले बढेको छ । 
३७. २०७५ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३४.५ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३५.३ प्रतिशत र ४३.२ प्रतिशत रहेको थियो । 
३८. २०७५ साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४५.० प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.४ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ०.२ प्रतिशत र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ साउनमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.९ प्रतिशतले बढेको छ । 
४०. २०७५ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो । 
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २.४ प्रतिशतले, ट्रष्ट रिसिप्ट (आयात) कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा २.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.७ प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले घटेको छ । 

तरलता व्यवस्थापन 
४२. आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत्पटक–पटक गरी रु.८० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु.७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत्रु.७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.७३ अर्ब ५० करोड तरलता प्रशोचन भएको थियो । 
४३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ८ करोड ७८ लाख खुद खरिद गरी रु.९ अर्ब ६९ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १८ करोड २९ लाख खुद खरिद गरी रु.१८ अर्ब ७४ करोड खुद तरलता प्रवाह गरिएको थियो । 
४४. समीक्षा अवधिमा अमेरिकी डलर ३२ करोड , यूरो १ करोड ६० लाख र पाउण्ड स्टर्लिङ्ग २ करोड बिक्री गरी रु.४० अर्ब १९ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३० करोड बिक्री गरी रु.३० अर्ब ७७ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४५. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ साउन मसान्तमा रु.१४ अर्ब ८० करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
४६. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ साउन मसान्तसम्ममा रु.२ अर्ब १९ लाख पुनरकर्जा उपयोगमा रहेको छ । यस्तो कर्जा १२१८ जनाले उपयोग गरेका छन् । 

अन्तर–बैंक कारोबार 
४७. आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा वाणिज्य बैंकहरूले रु.१२७ अर्ब ८५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु.५ अर्ब ७७ करोडको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.३५ अर्ब ७५ करोड र रु.७ अर्बको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
४८. २०७४ साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.५५ प्रतिशत रहेकोमा २०७५ साउनमा ३.३१ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ साउनको ०.२९ प्रतिशतको तुलनामा २०७५ साउनमा १.८८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ साउनको ९.६७ प्रतिशतको तुलनामा २०७५ साउनमा १०.१२ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
४९. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ साउन मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५०. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति बक्स ४ मा प्रस्तुत गरिएको छ । 
५१. यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ साउन मसान्तमा १५२ पुगेको छ । यस अनुसार २०७५ साउन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६६ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ साउन मसान्तमा ६७१४ पुगेको छ । 

पुँजी बजार 
५२. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २५.९ प्रतिशतले ह्रास भई २०७५ साउन मसान्तमा १२१०.३ विन्दुमा सीमित भएको छ । २०७४ साउन मसान्तमा उक्त सूचकाङ्क ४.९ प्रतिशतले ह्रास भई १६३२.७ विन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ विन्दु कायम भएको थियो । 
५३. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २४.८ प्रतिशतले ह्रास भई २०७५ साउन मसान्तमा रु.१४४० अर्ब १७ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७२.५ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.७ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.४ प्रतिशत रहेको छ । 
५४. २०७५ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या १९६ रहेको छ । २०७४ साउन मसान्तमा यस्तो संख्या १९९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]