बैंकिङ खबर/ अमेरिकाको अरु देशसँगको आर्थिक रणनीति भन्दा मुख्य रूपमा चीनलाई प्रतिस्पर्धीका रूपमा हेरेको पाइन्छ । त्यसको विस्तार रोक्न आर्थिक कूटनीति अपनाइरहेको छ। अमेरिका र भारत चीनलाई आर्थिक शक्ति बन्न रोक्न रणनीतिक सहकार्य गर्दै आए पनि यी दुई देश आपसमा पनि आर्थिक प्रतिस्पर्धी भएका छन् । अमेरिकाले प्रयोग गरिरहेका मुख्य उपकरणहरूमा आर्थिक प्रतिबन्ध, क्षेत्रीय कूटनीति र सुरक्षा सहयोग जस्ता पक्षहरू समावेश छन् ।
अमेरिकाले ग्रीनल्याण्ड अधिग्रहणमा पनि चासो देखाएको छ, जसको रणनीतिक, राजनीतिक र आर्थिक उद्देश्य छन्। ग्रीनल्याण्डमा अमेरिकाको प्रभाव वृद्धि भएमा अमेरिकी मत्स्य उद्योगहरूले यी आपूर्ति श्रृंखलामा प्रभुत्वले अमेरिकी रक्षा र औद्योगिक योजना क्षेत्रमा गम्भीर चिन्ता उत्पन्न गरेको छ ।
अमेरिकाको विगत
संयुक्त राज्य अमेरिका ले दोस्रो विश्वयुद्धदेखि हालसम्म विश्वका धेरै देशहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सैन्य आक्रमण, हवाई हमला, ड्रोन आक्रमण र सैन्य हस्तक्षेप गर्दै आएको छ। अमेरिकाले यस्ता गतिविधि आफ्नो राष्ट्रिय सुरक्षा, आतंकवादविरुद्धको अभियान र सहयोगी देशहरूको रक्षा गर्नका लागि गरिएको बताउँदै आएको छ।
सन् १९४५ मा जापानका हिरोशिमा र नागासाकीमा गरिएको परमाणु बम आक्रमण अमेरिकाको सबैभन्दा चर्चित र विवादित सैन्य कारबाही मानिन्छ। यसपछि अमेरिका विश्वको प्रमुख सैन्य शक्ति बनेको देखिन्छ। त्यसपछि शीतयुद्धको समयमा अमेरिका कोरियाली युद्ध र भियतनाम युद्धमा संलग्न भयो, जसले ती देशहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्यायो।
शीतयुद्धकै क्रममा अमेरिकाले क्युबा, ग्रेनाडा र पनामा जस्ता देशहरूमा सैन्य हस्तक्षेप गरेको थियो। यी कारबाहीहरू विश्व राजनीतिमा आफ्नो प्रभाव कायम राख्ने उद्देश्यसँग जोडिएको विश्लेषण गरिन्छ। मध्यपूर्व क्षेत्रमा अमेरिकाको सैन्य गतिविधि अझ व्यापक देखिन्छ। इराकमा खाडी युद्ध र त्यसपछिका युद्धहरू भए भने सन् २००१ पछि अफगानिस्तानमा करिब दुई दशकसम्म अमेरिकी सेना सक्रिय रह्यो। सिरियामा इस्लामिक स्टेट ९आईएसआईएस० विरुद्ध भन्दै हवाई आक्रमणहरू गरिएका छन् भने लिबियामा नाटोको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो। यमनमा पनि आतंकवादी समूह र विद्रोहीविरुद्ध अमेरिकी हवाई तथा ड्रोन आक्रमण हुँदै आएका छन्।
दक्षिण एसियामा अमेरिकाले पाकिस्तानमा ड्रोन आक्रमण गरेको इतिहास छ। सन् २०११ मा पाकिस्तानमै अल–कायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकी विशेष फौजले मारिएको थियो। यस घटनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा पायो।
अफ्रिका महादेशमा सोमालिया, माली, नाइजर लगायतका देशहरूमा आतंकवादी समूहविरुद्ध भन्दै अमेरिकी सैन्य कारबाही र ड्रोन हमला हुँदै आएका छन्। ल्याटिन अमेरिकामा चिली, निकारागुआ, एल साल्भाडोर जस्ता देशहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमेरिकी हस्तक्षेप भएको इतिहास पनि उल्लेखनीय छ। हालसम्म पनि अमेरिका इराक, सिरिया, यमन तथा रेड सी क्षेत्रजस्ता स्थानमा सैन्य गतिविधि र हवाई आक्रमणमा संलग्न रहेको देखिन्छ। सुरक्षा र आतंकवादविरुद्धको नाममा गरिएका यी कारबाहीहरूले विश्व राजनीतिमा ठूलो प्रभाव पारेका छन् भने धेरै स्थानमा मानवीय संकट र विवादको विषय बनेका छन्।
भेनेजुएला नयाँ रणनीतिक युगको केन्द्र
भेनेजुएला अहिले यस नयाँ रणनीतिक युगको केन्द्र बनेको छ। यहाँ तेल मात्र होइन, एआई–सक्षम सैन्य प्रणालीका लागि अत्यावश्यक खनिजहरू—जस्तै ट्यान्टलम, कोबाल्ट र एन्टिमोनी—धेरै छन्। चीनले खानीहरूमा प्रभाव कायम गरेको छ, इरानले ड्रोन उत्पादन केन्द्र खोलेको छ भने रूसले रेडार र हवाई सुरक्षा पूर्वाधारको संयोजन गरेर आफ्नो सैन्य उपस्थिती बढाएको छ। यसैले भेनेजुएला केवल प्राकृतिक स्रोतको देश नभई वैश्विक एआई र स्वचालित हतियार दौडको रणनीतिक केन्द्र बनेको छ। सारमा भन्नुपर्दा, भेनेजुएला अब केवल तेलका लागि होइन, रणनीतिक खनिज, आधुनिक हतियार र एआई पूर्वाधारको लागि महत्त्वपूर्ण छ। यसले अमेरिकी सुरक्षा र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा ठूलो प्रभाव पारिरहेको छ।
तिव्वतमा अमेरिकाकै प्रभुत्व
त्यसो त अमेरिकाले तिब्बत पनि कब्जा गर्न चाहेको छ । यसैका लागि उसले दलाई लामालाई प्रयोग गरेर विभिन्न रणनीति तयार गर्दै छ । अमेरिका र चीनबीच तिब्बतको विषयमा भूराजनीतिक स्वार्थ, मानवाधिकार, र रणनीतिक चासोहरू देखिन्छन् । जसले खनिज स्रोत लिथियम, दुर्लभ पृथ्वी तत्वहरूको सम्भावित आर्थिक महत्त्वतर्फ औंल्याउँछ, त्यसो त तिव्वतमा सुन खानी लगायतका खानीहरु छन् भन्ने आँकलन छ । तिब्बत चीनको विशाल भूभाग हो, जसले भारत, नेपाल, भुटानजस्ता देशहरूसँग सीमा जोडिएको छ, र यहाँको सामरिक स्थितिले अमेरिकालाई चीनको रणनीतिक निगरानीमा राख्न मद्दत गर्छ । तिब्बतमा लिथियम, दुर्लभ पृथ्वी तत्व लगायतका महत्त्वपूर्ण खनिजहरूको ठूलो भण्डार हुन सक्ने अनुमान छ, जुन आधुनिक प्रविधि (ब्याट्री, इलेक्ट्रोनिक्स) का लागि आवश्यक पर्छ । अमेरिकाले यी स्रोतहरूमा चीनको एकाधिकार शक्तिलाई कम गर्न चाहन्छ । यद्यपि मुख्य चासो प्राकृतिक स्रोतभन्दा चीनको प्रभाव र तिब्बतीहरूको आत्मनिर्णयमा केन्द्रित देखिन्छ । अमेरिकाको चासोका मुख्य कारणहरूमा मानवाधिकार र धार्मिक स्वतन्त्रता पनि हो । चीनले तिब्बतमा गरिरहेको दमन, दलाई लामाको निर्वासन, र तिब्बती संस्कृतिमाथिको नियन्त्रणका कारण अमेरिकाले तिब्बती जनताको अधिकारको लागि आवाज उठाउँदै आएको देखिन्छ । चीनको भूराजनीतिक प्रभाव नियन्त्रण, हिमालय क्षेत्रमा चीनको बढ्दो सैन्य र आर्थिक प्रभुत्वलाई सन्तुलनमा राख्न अमेरिकाले तिब्बतको मुद्दालाई उठाउँने गरेको पाइन्छ ।