September 26th, 2018

गत आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धि, यस वर्ष ५.५ प्रतिशतमा खुम्चिने

बैंकिङ खबर । गत आर्थिक वर्ष २०७४।७५ मा नेपालले ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा ०.४ प्रतिशतले कम हो । विभागले गत वर्षमा ६.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको थियो । 

अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर देखिएको एडिबीले जनाएको छ । एडिबीले गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८.८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६.६ प्रतिशतले भएको जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहहरूमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडिबीको भनाई छ ।  

चलू आर्थिक वर्ष २०७५।७६ मा आर्थिक वृद्धि ५.५ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण छ । यो वृद्धि विगत १० वर्षको औषत वार्षिक वृद्धिभन्दा उल्लेखनीय भएको एडीबीको विश्लेषण छ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण चालु आवमा मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुने उसको अनुमान छ । चालु वर्षमा सेवा क्षेत्रमा ६.१ प्रतिशतको सुधार देखिने उसको प्रक्षेपण छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]