September 26th, 2018

एआईआरडिसीको २१औँ सम्मेलन सम्पन्न, अर्को सम्मेलन घानामा हुने

बैंकिङ खबर । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको दोस्रो अर्थात अन्तिम दिन बीमा पहुँच, बीमामा प्रविधिको प्रयोग र लघबीमाको बिषयमा छलफल भएको छ ।

बीमा कम्पनीहरुको वित्तीय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले अष्ट्रेलियाका कम्पनीहरु जोखिमरहित रहेको बताए । एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखम अवस्थामा रहेको उनले जानकारी दिए । जापान र कोरियामा सञ्चालित बीमा कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको एवम् भुटान र भारतका कम्पनीहरु ग्रे जोनमा रहेको उनको भनाई थियो ।

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ जिम्मी मोलिनियरले बीमाको पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमा विज्ञ जिम्मी मोलिनियरले बताए । 

सोही बिषयमा कार्यपत्र प्रस्तुत गर्दै भारतका कल्पेश डेसाईले बीमा क्षेत्रमा प्रविधिको उचित प्रयोगको लागि बैंकसँग मिलेर का मगर्न सकिने बताए ।

लघुबीमा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुर्नबीमा कम्पनीमा डिर्क रिनहार्डले लघुबीमाले गरिबी हटान नभई गरीबीबाट मुक्त भएका मानिसलाई फेरि गरिबीमा नजान सहयोग गर्ने बताए ।

फिलिपिन्सका लोरेन्ज हानले अन्य बीमाको तुलनामा लघुबीमा चुनौतीपूर्ण हुने भएकाले लघुबीमा जारी गर्दा स्थानिय विभिन्न संघ संस्थासँगको सहयोगमा जारी गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको अधिक सम्भावनाका साथै चुनौती पनि प्रशस्त रहेमो औँल्याए । लघुबीमाबाट आम्दानी कम र संचालन खर्च ज्यादा हुने उनको भनाई थियो । 

सम्मेलनले आगामी २२औँ सम्मेलन सन् २०२० मा घानामा गर्ने निर्णय समेत गरेको छ । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]