September 19th, 2018

आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

बैंकिङ खबर । नेपाल सरकारले आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । असोज २ गते बसेको लगानी बोर्डको ३२ औं बैठकले अन्तर्रा्ष्ट्रिय लगानी भित्राउन सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । नेपालमा हुन लागेको यो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन हो । यसअघि, वि.सं २०४६ सालको राजनैतिक परिवर्तन पश्चात नेपालमा लगानी सम्मेलन भएको थियो भने दोस्रो पटक २०७३ फागुनमा भएको थियो । 

लगानी बोर्ड बैठकले बैठकले पश्चिम सेतीबाट चीनको थ्री गर्जेजले हात झिकेपछि उक्त परियोजनालाई अघि बढाउने विषयको मोडालिटी बनाउन उर्जा, अर्थ र उद्योग मन्त्री सम्मिलित उच्च स्तरीय समिति बनाउने समेत निर्णय गरेको छ । त्यस्तै, बैठकले औद्योगिक पूर्वाधारको आभावले विकास निर्माणको समय लम्बिने, लागत बढ्ने गरेको बिषयलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माण कर्तालाई बनाउन दिने निष्कर्ष निकालेको छ । जापान क्लब इन्टरनेशनलले १३ अर्ब ९० करोडको लगानीमा काठमाडौं भक्तपुर र पोखरामा होटल निर्माण गर्न गरेको प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]