Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई लघुवित्तका दुई दर्जनबढी कर्मचारी आवश्यक

२०७५ आश्विन १ गते

बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । 

साना किसानले परियोजना संयोजक एक जना केन्द्रीय कार्यालय र कर्णाली प्रदेशका लागि मागेको छ । त्यस्तै, १० जना अनुसरण सहजकर्ता कर्णाली प्रदेशअन्तर्गतका जिल्लाहरुका लागि मागेको छ । लघुवित्तले एक वर्षका लागि कर्मचारी मागेको हो । कार्यसम्पादन हेरेर समयावधि थप पनि गर्न सकिने बताइएको छ ।  आवेदन दिने म्याद असोज १२ गतेसम्म रहेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्तले विजनेस डेभलपमेन्ट अफिसर एक जना, व्यवस्थापन प्रशिक्षार्थी चार जना, वरिष्ठ सहायक (शाखा प्रबन्धक) पाँच जना र केही संख्यामा कनिष्ठ सहायक मागेको छ । आवेदन दिने म्याद असोज १८ गतेसम्म रहेको छ ।  

Ad