Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बिएफआईएनको आयोजनामा एक दिने सम्मेलन हुँदै

२०७५ भाद्र २६ गते

बैंकिङ खबर । बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको आयोजनामा १८ सेप्टेम्बर अर्थात असोज दुई गते एक दिने सम्मेलन गरिने भएको छ । बैंक एण्ड फाइनान्सियल इन्स्टिच्युसन : इमर्जिङ च्यालेन्जेज, अपरचुनिटीज एण्ड थ्रेट्स नाम सम्मेलनमा भाग लिनका लागि प्रतिव्यक्ति ११ हजार रुपैयाँ शूल्क निर्धारण गरिएको छ । संस्थाले छनौट गरेको पाँच वा सोभन्दा बढी सहभागीलाई १० प्रतिशत छुट हुने बताइएको छ । 

सम्मेलनले बैंक तथा वित्तीय संस्था एवम् बीमा कम्पनी र मर्चेन्ट बैंकरका सिनियर अथवा मध्यम श्रेणीका मेनेजमेन्ट अफिसियल र पब्लिक तथा प्राइभेट क्षेत्रका इच्छुक व्यक्तिलाई लक्षित गरेको छ । सम्मेलनमा बैंक तथा वित्तीय संस्था एवम् बीमा क्षेत्रमा भएका चुनौती र अवसरहरुका विषयमा छलफल गरिनेछ । त्यस्तै, मर्जर तथा एक्विजिसनको आवश्यकता एवम् यसबाट उत्पन्न हुने जोखिमका साथमा फाइदाहरुको विषयमा पनि छलफल गरिनेछ । यस सम्मेलनमा भारतीय एवम् बंगलादेशी वित्तीय क्षेत्रका अनुभवी व्यक्तिहरु डा.  अतुर रेहमान, डा. सतिस चन्द्र र बश्यम रेंगनाथनका साथै नेपालका  बैंक तथा वित्तीय क्षेत्रका बैंकर्सहरुले सम्बन्धीत विषयमा आआफ्नो भनाई समेत राख्नेछन् ।   

कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ साउन २९ गते स्थापना गरिएको यस संस्थालाई इमर्जिङ नेपालका साथमा एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, प्राइम बैंक र मेगा बैंकले प्रवद्र्धन गरेका छन् । यसका अलावा, यस संस्थामा महालक्ष्मी विकास बैंक, भार्गव विकास बैंक, स्वदेशी लघुवित्त, लक्ष्मी लघुवित्त, एनआईसी एशिया क्यापिटल र सीबिआईएल क्यापिटलको पनि लगानी रहेको छ । वित्तीय क्षेत्रको सबलीकरणका लागि वित्तीय क्षेत्रका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय विभिन्न तालिम, वर्कसप एवम् सेमिनारको आयोजना गर्ने उद्देश्यले स्थापित यस इन्स्टिच्युटले बैंकिङ समुदाय निर्माण तथा वित्तीय साक्षरता अभिवृद्धिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Ad