September 10th, 2018

प्रविधिमैत्री बन्दै बाजुराका सहकारी

बैंकिङ खबर । प्रविधि र आधुनिकीकरणको मागसँगै प्रदेश न ७ को बाजुरा कोल्टिमा स्थानीय सहकारी संस्था र प्रभु मेनेजमेन्ट प्रालिको संयुक्त पहलमा सहकारीमैत्री अत्याधुनिक लेखा सफ्टवेयर सन्चालनमा ल्याईएको छ । जिल्लाका मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सत्यसाई बचत तथा ॠण सहकारी संस्था लिमिटेड, कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जसुदा बचत तथा ॠण सहकारी संस्था लिमिटेडले प्रभु मेनेजमेन्टले उत्पादन गरेको अनलाईन PCS (Prabhu Co-operative Solution) अत्याधुनिक लेखा सफ्टवेयर सञ्चालनमा ल्याएका हुन् । 

उक्त अनलाईन सफ्टवेयर सञ्चालनमा आएसँगै बचत तथा ॠणको व्याज गणना लगायत संस्था र सेयर सदस्यलाई आवश्यक सम्पूर्ण रिपोर्टहरु सफ्टवेयरले तुरुन्तै उपलब्ध गराउने छ । साथै सफ्टवेयर सञ्चालनमा आएसँगै ढड्डामा हिसाबकिताब राख्नु नपर्ने भएको छ भने हिसाब पारदर्शी र मितव्ययी रहने भएको छ ।

यसका अतिरिक्त सहकारी तथा सेयर सदस्यलाई प्रविधिमैत्री बनाउन उक्त PCS सफ्टवेयरमा SMS, Ebanking / Rupaiya Debit Card समेत जारी गर्न पाउने सुविधा रहेको प्रभु मेनेजमेन्टका सफ्टवेयर प्रशिक्षक उदयबहादुर रोकायाले जानकारी गराए । अतिरिक्त सुबिधामार्फत सेयर सदस्य (ग्राहक)ले आफ्नो खातामा रकम जम्मा भएको, झिकिएको र आफ्नो खातामा रहेको ब्यालेन्सबारे जानकारी पाउनेछन् । साथै सहकारी संस्थाले जारी गरेको एटीएम कार्डमार्फत सहकारिमा खाता भएको जुनसुकै ग्राहकले विभिन्न कमर्सियल बैंकको एटिएमबाट पैसा झिक्ने तथा अन्य खातामा रकम पठाउन सकिने सुबिधा रहेको छ ।

परम्परागत ढाँचामा खाता राख्दा पाना च्यातीने, हराउने तथा ग्राहकको सम्पूर्ण रेकर्ड समयमै उपलब्ध गराउन नसकिने जस्ता समस्याले गर्दा प्रभु मेनेजमेन्टसँग छलफल गरेर नै आफुहरुले अनलाईन सफ्टवेयर लिएको मिलिजुली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अग्नी शाहिले बताए । साथै अब तुरुन्तै लेखा राख्ने कार्यका अतिरिक्त ग्राहकलाई SMS, Ebanking / Rupaiya Debit Card मार्फत सुबिधा दिने गरी काम थालिएको र बाजुराको सहकारी संस्थाका लागि नयाँ आयाम थपिने गरी काम गरिएकोसत्यसाई बचत तथा ॠण सहकारी संस्थाका ब्यावस्थापक नन्द बहादुर खत्रीले बताए ।

प्रभु रेमिट्यान्स, प्रभु बैंक, प्रभु सहकारी, प्रभु इन्स्योरेन्स जस्ता बिभिन्न सेवा प्रदान गरिरहेको प्रभु ग्रुप अन्तर्गत प्रभु मेनेजमेन्ट प्रालिले उपलब्ध गराएको एऋक् लेखा सफ्टवेयर सहकारी संस्थाको आवश्यकता अनुरुप डिजाईन गरिएको आधुनिक सफ्टवेयर हो । साथै उक्त लेखा सफ्टवेयर प्रभु मेनेजमेन्ट प्रालिले सहकारी संस्थाहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]