बैंकिङ खबर । नेपालमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसी (एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज) को २१ औँ सम्मेलन काठमाडौँमा हुन लागेको हो । असोज ९ र १० गते हुने सम्मेलनमा विकाससिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायका १५० भन्दा धेरैको सहभागिता रहने आयोजकले जनाएको छ । एआइआरडिसी, बीमा समिति र नेपाल बीमक संघले संयुक्त रुपमा यो सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
प्राकृतिक रुपमा सिर्जित जलवायु परिवर्तन तथा मानविय रुपमा सिर्जित साइबर क्राइम जस्ता ठूला ठूला प्रकोप हुँदा बीमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित रहने बताइएको छ ।
सम्मेलनमा ८ जना विश्वका प्रतिष्ठित तथा बीमाका विशेषज्ञहरुले प्रस्तुती दिनेछन् ।