बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले डिजिटल इनोभेसन हेड एक जना र केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यी दुई पदमा आवेदन दिने म्याद १२ सेप्टेम्बरसम्म रहेको छ ।
डिजिटल इनोभेसन हेड काठमाडौँका लागि मागिएको हो । यसका लासग २५ वर्षदेखि ५० वर्षसम्मको उमेर हद निर्धारण गरिएको छ । आईटी अथवा कम्प्युटर साइन्समा स्नातक गरेको हुनुपर्नेछ । स्नातकोत्तर गरेकोलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । कम्तीमा आठ वर्षको अनुभव मागिएको छ ।
चार्टर्ड एकाउन्टेन्टका लागि भने एक वर्षको मात्रै अनुभव मागिएको छ । उपत्यकाभित्र र बाहिर दुबैका लागि सीए मागिएको हो । २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन पाउनेछन् । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.nicasiabank.com/current-vacancies
त्यस्तै, माछापूच्छ्रे बैंक लिमिटेडले १०१ जना कर्मचारी मागेको छ । बैंकले उपत्यकाभित्र तथा बाहिर गरेर ६ वटा शाखा कार्यालयहरुमा शाखा प्रमुख माग गरेको छ । सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर माग गरिएको छ । यसका लागि स्नातकोत्तर गरि बाणिज्य बैंकहरुमा कम्तीमा पनि तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। अधिकतम ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सामान्य प्रसासनको लागि पनि तीन जना सहायक स्तरको अधिकृत आवश्यक परेको छ। दुई वर्ष कार्यानुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । म्यानेजमेन्ट ट्रेनीको लागि १५ जना कर्मचारीको माग भएको छ । स्नातकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत अंक ल्याएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन । यसको लागि कार्यानुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ । यस पदको लागि ३० वर्ष सम्मकाले आवेदन दिन पाउने छन् ।
सहायक स्तरका ७० जना माग गरिएको छ । बैंकले बिबिए तथा बिबिएस गरेकालाई ट्रेनीको अवसर प्रदान गर्ने भएको छ । स्नातक तहमा कम्तीमा पनि ५५ प्रतिशत तथा ३.२५ जिपिए हासिल गरेका विद्यार्थीले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
आवेदन अनलाइनबाट दिनु पर्नेछ र बैंकको वेवसाइटमा गएर भदौ ३१ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।
यता, कैलाश विकास बैंक लिमिटेडले इन्टरनल अडिट हेड र आईटी अफिसर माग गरेको छ ।
इन्टर्नल अडिटका लागि दुई वर्ष कार्यानुभव भएको सीए मागिएको छ । आइटी अफिसरका लागि इन्जिनियरिङको डिग्री भएको र पाँच वर्षको कार्यानुभव भएको कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका र ३५ वर्ष उमेर नपुगेका नेपाली नागरिकलाई १६ सेप्टेम्बरभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।
अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।
http://www.kailashbank.com/career.php
त्यसैगरी, कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि १०७ जना कर्मचारी मागेको छ । बैंकले विजनेस, अपरेसन र कन्ट्रोल कार्यका लागि विभिन्न पदमा कर्मचारी मागिएको छ । त्यस्तै,काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानका लागि शाखा प्रबन्धक मागिएको छ । रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र ट्रेनी एसिस्टन्टहरु पनि मागिएको छ ।
एप्लाई गर्न चाहिने योग्यताका बारेमा थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.kamanasewabank.com/assets/upload/files/VACANCYDETAILS12.pdf
आवेदन दिने म्याद असोज ३ गतेसम्म रहेको छ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।