Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एपेक्स घोटाला काण्डका प्रमुख अभियुक्तको ठाडो चुनौती : घोटाला गरेको प्रमाणित गर

२०७५ भाद्र २२ गते

बैंकिङ खबर । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोग लागेका तत्कालीन एपेक्स बैंकका अध्यक्ष बिष्णु प्रसाद धितालले आफुलाई फसाइएको दाबी गरेका छन् । उच्च अदालत पाटनको आदेशमा धरौटीमा छुटेका धितालले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूले कतै कर्जा दिएवापत रकम लिएको प्रमाणित गर्न चुनौति समेत दिएका छन् । 

रारा विकास बैंक, अपि फाइनान्स र रोयल मर्चेन्ट फाइनान्स मर्जर भएर एपेक्स डेभलपमेन्ट बैंक बन्ने क्रमदेखि एपेक्स बैंक सहित अन्य बैंक एनसीसी बैंकमा मर्जर हुने बेलामा पनि राष्ट्र बैंकको प्रत्यक्ष निगरानी र निर्देशन रहेको उल्लेख गर्दे उनले यसको सम्पूर्ण जिम्मा राष्ट्र बैंकले नै लिनुपर्ने जिकिर समेत गरेका छन् । 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत जेठमा अध्यक्ष धिताल सहित २१ जनालाई बैंकिङ ठगी अभियोगमा पक्राउ गरेको थियो । २०७२ मङ्सिरमा एपेक्स डेभलोपमेन्ट बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क (एनसीसी) मर्जरको प्रक्रियामा रहेको बेला उनीहरूले कमसल धितो, नक्कली कागजपत्र बनाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । एक सय ४१ प्रतिवादीमध्ये अझै १३७ जना फरार छन् ।

Ad