September 6th, 2018

माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत २७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]