बैंकिङ खबर । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यी दुई शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सबै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुँच पुगेको छ ।
मुस्ताङ्ग जिल्ला स्थित बैंकको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा विश्वास बैंकले लिएको छ ।