Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

११५ रुपैयाँनजिक पुग्यो अमेरिकी डलरको भाउ

२०७५ भाद्र २० गते

बैंकिङ खबर । अमेरिकी डलरको भाउ निरन्तर आकाशिरहेको छ । हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको डरको भाउले बुधबार पनि सर्वाधिक उचाईमा पुगी नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपाली रुपैयाँ  इतिहासमै सबैभन्दा कमजोर बनेको छ । 

बुधबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर ११४.२४ रुपैयाँ र बिक्रीदर ११४.८४ रुपैयाँ तोकेको छ । मंगलबारका लागि प्रति डलरको खरीद दर ११३.६४ रुपैयाँ र बिक्री दर ११४.२४ रुपैयाँ तोकेको थियो । तर, मंगलबार नै कतिपय बैंकहरुले ११५ रुपैयाँसम्ममा डलरको कारोबार गरेका थिए । 

नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर छ । यसको अर्थ भारतीय मुद्रा डलरसँग जति अवमूल्यन हुन्छ, त्यसको उति प्रभाव नेपाली रुपैयाँमा समेत पर्छ । डलरसँग भारु तीव्र अवमूल्यन भई ७२ भारुको नजिक पुगिसकेको छ । ।  भारतीय विश्लेषकहरुले आगामी केही हप्ताभित्र भारतीय रुपैयाँ अझै कमजोर हुने प्रक्षेपण गरिरहेका छन् ।  

Ad