Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

१७ वर्षमा एलआईसी नेपालका ४४ शाखा विस्तार, २१ नयाँ शाखा थपिँदै

२०७५ भाद्र १९ गते

बैंकिङ खबर । एलआईसी अफ इण्डियाको संयुक्त लगानीमा संस्थापित जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । सन् २००१ को सेप्टेम्बरमा व्यवसाय शुरु गरेको एलआईसी नेपालले देशभरका सवै शाखा कार्यालयमार्फत विविध कार्यक्रम गरि १७औं  वार्षिकोत्सव मनाएको हो । 

जीवन बीमामा विश्वव्यापी ख्याती कमाएको एलआईसीले नेपालमा ४४ शाखाहरु र ४१,००० भन्दा बढी प्रशिक्षित अभिकर्ताहरुमार्फत बीमा सेवा दिइरहेको छ । आ.व. २०७४/७५ मा कूल बीमाशुल्क आर्जन रु. १०.२० अर्व संकलन गरेको एलआईसी नेपालको गत आर्थिक वर्षसम्मको बीमा कोषमा रु ४३.२१ अर्ब रकम संचित रहेको छ । आ.व. २०७४/७५ मा यस कम्पनीले शेयरधनीहरुको लागि ३६ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । बीमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले थप २१ नयाँ शाखा कार्यालयहरु तुरुन्त खोल्न गईरहेको छ ।