September 2nd, 2018

वित्तीय क्षेत्रमा १५ अर्बभन्दा बढी निक्षेप पठाउँदै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड १५ लाख बराबरको निक्षेप बैंक तथा वित्तीय क्षेत्रमा पठाएको भएको छ । राष्ट्र बैंकले ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्न बाणिज्य बैंक विकास बैंक र वित्तीय संस्थालाई शुक्रबार सूचना जारी गर्दै प्रस्ताव पेश गर्न भनेको छ ।

असोज १ गते देखि २०७६ भदौ ३१ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्नु पर्ने भएकोले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव माग गरिएको छ । 

चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी भदौ १९ भित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।

बाणिज्य बैंकहरुलाई १२ अर्ब ३ करोड ३३ लाख, विकास बैंकलाई २ अर्ब ३ करोड ११ लाख र वित्त कम्पनीहरुलाई ७ करोड ७१ लाख रुपैयाँ मुद्दती निक्षेपमा ३६६ दिनसम्म राख्न पाउने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]